-
काठमाडौँ, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका तोडिएको दाबी गरेका छन् । सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई काठमाडौँको कमलादीमा सम्बोधन गर्दै प्रचण्डले एकताको मुख्य गाँठो फुकेको दाबी गर्दै अब बाँकी गाँठाहरु सजिलै फुक्ने ठाउँमा आइपुगेको बताए ।
उनले राष्ट्रको एकता र स्वाधीनतालाई सुदृद्ध गर्ने पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संश्लेषण गर्न जरुरी रहेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए ।
उनले एकताको मिसन सफल पारेका बताउँदै प्रतिक्रियावादीका लागि अर्काे प्रतिवाद र कम्युनिष्ट समर्थका लागि नयाँ उत्साह र खुशी भएको टिप्पणी गरे ।आइतबार नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । नेकपाका अब पोलिटब्युरो गठन, जबस एकता र प्रवास कमिटी एकताको काम बाँकी रहेको छ ।
News Desk 0 response सोमवार, बैशाख ९, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
