• चैत्र १९ – न्युक्यासललाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा आर्सनलले न्यु क्यासललाई २-० ले पराजित गर्‍यो ।

    घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन आरोन राम्से र एलेक्जेन्डर लाकाजेटले गोल गरे । शुरुवात देखी नै न्युक्यासललाई निकै दबाबमा राखेको आर्सनलले खेलको ३० औं मिनेटमा राम्सेको गोलबाट अग्रता लियो । त्यस अघी पनि राम्सेले गोल गरेका थिए तर रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

    खेल सकिन ७ मिनेट बाँकी रहदा आर्सनलले दोस्रो गोल गर्‍यो । ८३ औं मिनेटमा लाकाजेटले गोल गरेपछी आर्सनल २-० ले बिजयी भयो । जित पछी आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३१ खेलबाट ६३ अंक रहेको छ । १ खेल बढी खेलेको न्युक्यासल ३५ अंकका साथ १४ औं स्थानमा रहेको छ ।

    तालिकाको शिर्ष स्थानमा लिभरपुल रहेको छ । उसको ३२ खेलबाट ७९ अंक रहेको छ । १ खेल कम खेलेको म्यान्चेस्टर सिटी ७७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । (एजेन्सी)