-
१५ चैत, काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।
सम्मेलनका अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उदघाटन समारोहमा बोल्दै उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । सम्मेलनमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्य राखिरहेका छन् । राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न उनले सहभागीहरुलाई आग्रह गरेका छन् ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री डा। युवराज खतिवडाले मन्तव्य राखिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उद्घाटन शत्रमै म्यानमारका यूनियन मन्त्री उ ताउन टूनल सम्बोधन गर्ने आयोजकले जनाएका छन् । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्नेछन् ।
News Desk 0 response शुक्रबार, चैत्र १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
