• चैत्र १५ – युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो बार्सिलोना गएका छन् ।गत साता मैत्रीपूर्ण खेलको क्रममा घाइते भएका रोनाल्डो विश्राम लिन बार्सिलोना पुगेका हुन् । पोर्चुगलको राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोनाल्डो गत साता मैत्रीपूर्ण खेल दौरान घाइते भएका थिए ।

    ३४ वर्षिया रोनाल्डो चोटबाट विश्राम लिने क्रममा आफ्नो प्रायोजक नाईकको कार्यालयमा पुगेको बताईएको छ । रोनाल्डो आफ्नो प्रेमिका जिओर्जिनिआ रोड्रीग्वेजको साथमा बार्सिलोना पुगेका हुन् ।

    रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्दा चोट बोकेपछि उनी स्वास्थ्य परिक्षणका लागि इटाली जाने चर्चा रहेको थियो । तर चोट सामान्य भएको कारण बार्सिलोना पुगेका हुन् । उनले बार्सिलोनामा रहदा आफ्नो प्रायोजकलाई समय दिईरहेको बताईएको छ । यसै बिच रोनाल्डोले चोटका कारण च्याम्पियन्स लिगमा क्वाटरफाइनल खेल गुमाउने सम्भावना भने निकै कम रहेको छ ।