-
चैत्र ११ – युरो कप छनौटमा बेल्जियमले साइप्रसलाई पराजित गरेको छ । छनौट अन्तर्गत गए राती सम्पन्न खेलमा बेल्जियमले साइप्रस माथि २-० को जित हात पारेको हो । साइप्रसको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि कप्तान इडेन हजार्ड र मिचे बात्सुयाईले गोल गरे ।
साइप्रस माथि सुरुवात देखी नै दबाब बनाएको बेल्जियमले १० औं मिनेटमा नै अग्रता लिएको थियो । कप्तान हाजार्डले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले बात्सुयाईको पासमा गोल गरे । लगत्तै बेल्जियमले अग्रता दोब्बर बनायो । १८ औं मिनेटमा बात्सुयाईले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । उनले थोर्गन हाजार्डको पासमा गोल गरे ।
१८ मिनेट भित्र नै २ गोल भएको खेल भएको खेलको बाँकी समयमा भने दुबै तर्फबाट कुनै गोल सकेन र बेल्जियम २-० ले बिजयी भयो । यो जित पछी बेल्जियम समुह ‘आई’ को शिर्ष स्थानमा उक्लिएको छ । उसको २ खेलबाट ६ अंक भएको छ । उता साइप्रस भने २ खेलबाट १ जित र १ हारका साथ ३ अंक बटुल्दै तालिकाको चौथो स्थानमा रहेको छ ।
यस्तै गए राती नै सम्पन्न अर्को खेलमा पोल्याण्डले लातभियालाई २-० ले पराजित गरेको छ । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्की र कामिल जिलिकले गोल गरे ।(एजेन्सी)
News Desk 0 response सोमवार, चैत्र ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
