-
प्रधानमन्त्री केपी शर्मा ओली रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ गरेका छन्।
तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले उक्त कलेज स्थापना र ब्यवस्थापनका लागि स्थापना गरिएको परियोजना कार्यालयको शुभारम्भ गरेका हुन्।
कार्यालय शुभारम्भ पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना पछि यस क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरुले यहीबाट स्तरीय मेडिकल शिक्षा हासिल गर्ने बताए।
उक्त मेडिकल कलेज रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ र ८ मा रहेको सरकारी जग्गामा निर्माण हुने छ। उक्त मेडिकल कलेजका वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व मेडिकल कलेजका नाममा हस्तान्तरण भइसकेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट भाषण मार्फत रूपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने घोषणा भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपाका नेता पौडेलले मेडिकल कलेजको कार्यालय स्थापना मात्र होईन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालभित्रै मेडिकल कलेजको निर्माण पुरा गरी यहाँको अरू भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनसमेत गर्ने गरी निर्माण हुने विश्वास व्यक्त गरे ।
हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीति अनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो।
स्थापना हुने कार्यालयले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरूयोजना निर्माणलगायतका कामहरु गर्नेछ।
३ सय शैय्याको अस्पताल सहितको कलेज निर्माणमा करिब १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।
सुरूमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने मेडिकल कलेजको अस्पताललाई तीन वर्षसम्म सञ्चालन गरिने र अस्पताल सञ्चालन भए पछि मात्र एमबिबिएस पढ्ने विद्यार्थीको भर्ना लिइने छ।
News Desk 0 response शुक्रबार, चैत्र ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
