• चैत्र ४ – कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछी बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती मेस्सीले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो । बार्सिलोनाको जितमा मेस्सीले ३ तथा लुइस स्वारेजले १ गोल गरे ।

    घरेलु मैदानमा बेटिसले पनि निकै आक्रमक खेल प्रस्तुत गरेको थियो । बेटिस सुरुवात देखी आक्रमक रुपमा प्रस्तुत भएको थियो । तर उसले सुरुवाती अग्रता भने लिन सकेन । खेलको १८ औं मिनेटमा बार्सिलोनाले अग्रता लियो । बेटिसका डिफेन्डरले बार्सिलोनाका मिडफिल्डर आर्टुर मेलोलाई फल गरेपछी बार्सिलोनाले पेनाल्टी क्षेत्र नजिक फ्री किक पाएको थियो । प्राप्त फ्री किकमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

    पहिलो हाफको अन्त्य तिर बार्सिलोनाले अग्रता दोब्बर बनायो । पहिलो हाफको अतिरिक्त समयमा स्वारेजको ब्याकहिल पासमा मेस्सीले सुन्दर फिनिश गर्दै गोल परेपछी बार्सिलोनाको अग्रता दोब्बर भयो ।दोस्रो हाफमा स्वारेज वान भर्सेज वानमा पनि गोल गर्न चुके । तर ६३ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै बार्सिलोनाको अग्रता ३-० मा पुराए । स्वारेजले बेटिसमा ४ डिफेन्डर र गोल रक्षकलाई बिट गराउदै सुन्दर गोल गरे ।

    ८२ औं मिनेटमा घरेलु टोलीले गोल गरे । बेटिसका लागि लोरेन मोरोनले गोल गरे । लगत्तै मेस्सीले ह्याट्रिक पुरा गरे । ८५ औं मिनेटमा उनले उत्कृष्ट फिनिश गर्दै ह्याट्रिक पुरा गरेपछी बार्सिलोना ४-१ ले बिजयी भयो ।

    जित पछी बार्सिलोनाले दोस्रो स्थानको टोली सँग स्पष्ट १० अंकको अग्रता बनाएको छ । २८ खेल खेलेको बार्सिलोना ६६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । उता रियल बेटिस भने समान खेलबाट ३९ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । (एजेन्सी)