• चैत्र ३ – म्यन्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ । गए राती सम्पन्न खेलमा २-० ले पछी परेको अवस्था उल्टाउदै सिटीले नाटकिय जित हात पार्‍यो । पहिलो हाफमा सिटी २-० ले पछी परेको थियो । तर उसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

    खेलको २० औं मिनेटमा माट ग्रिम्सले पेनाल्टीमा गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । लग्गतै ९ मिनेट पछी स्वान्सीले अग्रता दोब्बर बनायो । २९ औं मिनेटमा बर्सेट सेलिनाले गोल गरेपछी स्वान्सीले पहिलो हाफमा २ गोलको अग्रता लियो ।

    दोस्रो हाफमा सिटीले उत्कृष्ट पुनरागमन गर्‍यो । ६९ औं मिनेटमा बर्नाल्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत गरे । ७८ औं मिनेटमा सिटीले उपहार गोल पायो । स्वान्सीले गोलकिपर क्रिस्टोफर नार्डफेल्डले आत्माघाती गोल गरेपछी सिटीले खेलमा बराबरी गर्‍यो । खेल सकिन २ मिनेट बाँकी रहदा सिटीका स्टार फर्वाड सर्जियो अगुइरोले गोल गरेपछी सिटी ३-२ ले बिजयी हुँदै एफए कपको सेमिफाइनलमा प्रवेश गर्‍यो ।

    उता म्याचेस्टर युनाइटेड भने क्वाटरफाइनलबाट नै बाहिरिएको छ । गए राती सम्पन्न खेलमा वल्भ्ससँग २-१ ले स्तब्ध हुँदै युनाइटेड एफए कपको क्वाटरफाइनलबाट नै बाहिरिएको हो । वल्भ्सलाई जिताउन राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका लागि अन्तिम समयमा रासफोर्डले गोल गरेपनि टोलीको हार भने टार्न सकेनन् ।(एजेन्सी)