-
चैत्र १ – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली दिल्ली क्पापिटल्सले भारतका पुर्व कप्तान सौरभ गांगुलीलाई सल्लाहकारमा न्युक्त गरेको छ । दिल्लीले गांगुलीलाई १२ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि सल्लाहकारमा न्युक्त गरेको हो ।
दिल्लीको सल्लाहकारमा न्युक्त भए पछी गांगुलीले खुशी ब्यक्त गरेका छन् । उनले आफु दिल्लीको टिम सँग काम गर्न उत्साहित रहेको बताएका छन् । दिल्लीले पनि गांगुली जस्तो महान खेलाडीलाई टिमको सल्लाहकारको रुपमा पाउदा खुशी लागेको बताएको छ । उनले मुख्य प्रशिक्षक रिकी पोटिङ्ग सँग काम गर्नेछन् ।
अहिले सम्म उपाधी जित्न नसकेको दिल्लीलाई यस पटक भने मुख्य दाबेदारमा रुपमा हेरिएको छ । उपाधी जित्ने सोचका साथ दिल्लीले यस पटक टिममा धेरै परिवर्तन गरेको छ । केही समय अघी मात्र दिल्लीले नाम लोगो,जर्सी परिवर्तन गरेको थियो । दिल्लीको टिममा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि रहेका छन् । सन्दिपले गत सिजन पनि दिल्लीबाट नै खेलेका थिए । आईपिएल २३ मार्चबाट सुरु हुनेछ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
(एजेन्सी)
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
