• राैतहट–  नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए । 

    मधेशको मुुद्धामा पार्टीको धारणा र प्रदेश २ मा नेकपामाथि  विभिन्न दलद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिन आमसभा आयोजना गरिएको नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभुु साहले बताए ।

    साहले रौतहट कम्युनिष्टको आधारक्षेत्र एवम् कर्मभूमिको रुपमा मात्र परिचित नभई प्रधानमन्त्री ओलीसंग जोडिएको सिंगो इतिहाँस रहेकाले रौतहटलाई प्रदेश नम्वर २ को उत्कृष्ट जिल्ला बनाउने पार्टीको धारणा रहेको बताए ।
        
      रौतहटेली  जनताले ओलीलाई जिल्लाको दक्षिणीभेग ईनरवारी गाँउ हाल बौधीमाई नगरपालिकामा लामोसमय सम्म सेल्टरको रुपमा राखेकाले पनि उनको एतिहाँसिक कर्मथलो रौतहट भएको शाहले बताए ।

    २०२८ सालको झापा बिद्रोह पछि ओलीले इनरवारी स्थित एकजना किशान नेता गेना पटेलको घरमा लामोसमय बिताएका थिए ।

     पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।

    आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।