• आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।

    विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

    गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको बताए । ‘२०–२१ जिल्लामा टावरमाथि आक्रमण भएका छन्,’ उनले भने ।

    नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

    उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, विप्लव जस्ता सरकार र सत्ता विरोधी तत्व र सामाजिक आपराधिक तत्वहरु रहेको बताए ।

    गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए । ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने ।

    आजको बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो ।

    बैठकमा गृहमन्त्री थापासहित सचिव प्रेम कुमार राई उपस्थिति थिए ।

    तर, काँग्रेस सांसद देवेन्द्र राज कँडेलले शुरुवातमा नै एनसेल बम काण्डबारे गृहमन्त्रीले जानकारी गराउन पर्ने माग गरेका थिए ।

    गृहमन्त्रीले यसबारे बैठकको अन्त्यमा जानकारी गराउने भनेपछि काँग्रेसका तीन सांसदले बैठक नै बहिस्कार गरेका थिए ।