• ६ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।

    आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो ।

    पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । पीएसजीका लागि खेलको ७३औं मिनेटमा एमबाप्पेले गोल गरे । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले १–० ले जित हात पारेको हो ।

    जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ ।