-
मेस्सीले पेनाल्टीमा निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० गोलले हराएको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थान थप बलियो बनाएको छ ।
घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा मेस्सीले ४३औं मिनेटमा प्राप्त पेनाल्टीलाई सही सदुपयोग गरे । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई डिबक्सभित्र लडाएपछि बार्सलोनाले पेनाल्टीको मौका पाएको थियो । बार्सिलोनालो दोस्रो हाफको अन्तिममा पनि पेनाल्टी गुमाएको थियो । मेस्सीको अर्को पेनाल्टी प्रहारलाई भालाडोलिडका गोलरक्षक जेर्डी मासिपले विफल पारिदिएका थिए ।
बार्सिलोनाले २४ खेलबाट ५४ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«ड भन्दा सात अंकले अगाडी छ । एट्लेटिकोको ४७ अंक छ । शनिबार रातिनै भएको खेलमा एट्लेटिकोले रायोभालेकानोलाई १–० गोलले हराएर दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले ७४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
तेस्रो स्थानमा रहेको रियल म्याड्रि«डको ४५ अंक छ । बार्सिलोनासँग पराजित भएको भालाडोलिड २६ अंकका साथ १५औं स्थानमा छ । २३ अंक बनाएको रायोभालेकानोले रेलिगेसन छल्न सकेको छैन । अर्को खेलमा रियल सोसिएडाडले लेगानेसलाई ३–० र लेभान्तेले सेल्टाभिगोलाई ४–१ गेलले हरायो ।
News Desk 0 response आइतवार, फाल्गुन ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
