-
काठमाडौँ — फिफा वरीयतामा नेपालभन्दा ४८ स्थानमाथि थियो इरान । यी इस्लामिक देशको टिममाथि ३–० को जितसँगै अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेपछि हिरो गोल्डकप फुटबलको फाइनलमा नेपालको भाग्य खुलेको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का वरीयतामा सबैभन्दा तल रहेर पनि ‘अन्डरडग’ को रूपमा अघि बढेर फाइनल पुग्नुमा खेलाडीको मिहिनेतसँगै भाग्यको साथ महत्त्वपूर्ण रहेको बताउँछन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५
सहभागी टिमहरूको स्तर र वरीयताको तुलनामा साफ च्याम्पियनसिपभन्दा स्तरीय प्रतियोगिता हो हिरो गोल्डकप । त्यसैले यसमा नेपाललाई सबैभन्दा कमजोर मानिएको थियो । भारतको भुवनेश्वरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमै नेपालले म्यानमारविरुद्ध ३–० को हार बेहारेको थियो । फिफा वरीयतामा ४४ औं स्थानको म्यानमार गोल्डकपमा उपाधिको सबैभन्दा बलियो दाबेदार हो । इरान ६०, भारत ६२ र नेपाल १ सय आठौं वरीयतामा छन् । म्यानमारको समूह चरणमा शतप्रतिशत जितले पनि नेपालको फाइनल यात्रा सहज बनाइदियो ।
नेपालले दोस्रो खेलमा दक्षिण एसियाली महारथी भारतलाई २–१ ले हराएको थियो । सात मिनेटभित्रै सावित्रा भण्डारीले दुई गोल गरेपछि छिमेकीविरुद्ध नेपालले ऐतिहासिक जित रचेको थियो । नेपालले दसौं खेलमा आएर भारतलाई हराएको हो । अघिल्ला नौ मध्ये आठ खेलमा नेपाली टिम हारेको थियो र एक खेल बराबरीमा टुंगिएको थियो । त्यससँगै नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबलमा ५० औं खेलको कोसेढुंगा पार गरेको थियो ।
फरवार्ड सावित्राको दुई र अनिता बस्नेतको एक गोलसँगै नेपालले इरानको चुनौती ३–० ले पन्छाउँदै फाइनल पुग्ने आधार तय गरेको थियो । नेपालको उपाधि होडलाई भारतमाथि म्यानमारको सफलताले पूर्णता दियो । त्यसैले नेपालले कालिंगा रंगशालामा शुक्रबार त्यही म्यानमारविरुद्ध फाइनल खेल्दै छ । उपाधि होडमा नेपाली चेलीहरूको जोस र म्यानमारको स्तरबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
