• काठमाडौं ,फागुन ३- प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि चालू आवभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा भने आशंका छ ।

    मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्यर्ण गर्नु पर्ने बताएको छ र अन्तर्राष्ट्रिय बोलपत्र गर्दा आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि ती वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।