-
वेस्टहामको घरेलु मैदानमा सोमबार राति भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलले २२औं मिनेटमा पहिलो गोल गरेको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए ।
लिभरपुलको अग्रतालाई वेस्टहामले २८औं मिनेटमै तोडेको थियो । वेस्टहामका मिचेल एन्टोनियोले गोलगर्दै खेललाई बराबरीमा ल्याए । उनले फिलिपे एण्डरसनको फ्रिकिक पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिभरपुलले लगातार गोलको अवसर बनाएपनि गोल गर्न सकेन । मोहमद सलाह र साडियो माने पटक पटक चुक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।
पछिल्ला नतिजाले प्रिमियर लिगको उपाधि होड रोचक मोडमा पुगेको छ । बराबरीसँगै लिभरपुलले २५ खेलबाट ६२ अंक बनाएको छ । ३२ अंक बनाएको वेस्टहामा १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक छ ।
तेस्रो स्थानमा रहेको टोट्टनहमको ५७, चौथो स्थानमा रहेको चेल्सीको ५०, पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ४८ र छैटौं स्थानमा रहेको आर्सनलको ४७ अंक छ ।
News Desk 0 response मङ्लबार, माघ २२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
