• काठमाडौँ, १४ माघ –   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

    माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेकी उनको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आइतबार दिउँसोदेखि उनलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ ।

    उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानी पश्चात् उनलाई घर फर्काउन सकिनेछ ।