-
काठमाडौँ, २७ पुस-काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै उक्त कार्य शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ। “अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरिएको छ”, प्रवक्ता डङ्गोलले भने।
उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरूप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थितरूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम पहिलो चरणमा भइसकेको छ । ।
अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ । सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन् । सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ ।
सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउन व्यवस्थापनको काम गरिएको हो ।
साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका छन् ।
News Desk 0 response शुक्रबार, पुस २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
