-
काठमाडौँ , १६ पुस-नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य ६७४ रहेको छ ।स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य २१७ रहेको छ ।
पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य २२६ रहेको छ ।
यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता एक हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य एक हजार २१५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ।
News Desk 0 response सोमवार, पुस १६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
