• रत्ननगर, पुस १३-पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्ने वर्ष २४ का प्रवीण पौडेलको मृत्यु भएको हो।

    ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो १ बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए।

    उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।