• काठमाडौँ, ११ पुस-प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनशिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पश्चिम बङ्गाल प्रस्थान गरेको छ।

    यही पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंह र महिला खुला तौलसमूहमा मञ्जु विकले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खलकुद परिषद् (राखेप)ले जनाएको छ।

    भारत जाने अफिसियलमा रेवती सापकोटा र मीनबहादुर गुरुङ रहेका छन्। टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आइएफकेके)का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले आज बिहान बिदाइ गरे।