• काठमाडौं,५ पुस -प्रतिनिधि सभाको अर्थ समितिले मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न मन्त्री, सचिव र आयोजना प्रमुखलाई बोलाएको छ ।

    सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा खानेपानी मन्त्री विना मगर, सचिव गजेन्द्र ठाकुर र मेलम्ची आयोजनाका प्रमुख सुर्यराज कंडेललाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। सरोकारवाला पक्षसँग लागत, लिएको पेश्की, हालसम्म भएको खर्च, धरौटी लगायत विषयमा छलफल हुने समितिले जनाएको छ ।

    \ विकासे परियोजना विकास समितिको भएपनि आर्थिक क्षेत्रसँग सम्वन्धित विषय मात्र अर्थ समितिले हेर्न लागेको अर्यालले बताए। बजेट सकिएको भन्दै ठेकेदारले हात झिकेपछि समितिले सो आयोजनासँग सम्वन्धित आर्थिक विषयका बारेमा जानकारी लिन लागेको हो ।