-
काठमाडौं, ३ पुस- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका २ जनाको डिएनए रिपोर्ट आएको छ ।
उक्त रिपोर्ट आज कञ्चनपुर लगेर त्यहीको प्रहरीको रोहबरमा बुधबार खोलिने जनाइएको छ। घटनामा संलग्नताको शंका गरिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए प्रोफाइल रिपोर्ट शिलबन्दी गरेर आज कञ्चनपुर पठाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टले शुक्रबार दुबै जनाको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो । प्रहरी प्रधान कार्यालयले आइतबार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतलाई जानकारी गराउँदै रिपोर्ट लिन आधिकारिक ब्यक्ति पठाउन भनेको थियो ।
त्यसै आधारमा कञ्चनपुरबाट आएका एक प्रहरी अधिकृतले सोमबार प्रहरी प्रधान कार्यालयबाट रिपोर्ट बुझेका छन् । कञ्चनपुर प्रहरीले प्रदीप र विशालको डिएनए रिपोर्ट मंगलबार साँझसम्म पुगेमा बुधबार जिल्ला सरकारी वकिल कार्यालयका आधिकारिक व्यक्तिको उपस्थितिमा खोल्ने तयारी गरेको छ ।
निर्मला प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर उल्टाखामकै प्रदीप र विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । ब्युरोले प्रदीपलाई काठमाडौंबाट र विशाललाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको थियो । दुबै जना दुई सातादेखि प्रहरीको निगरानी र नियन्त्रणमा छन् ।
ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
News Desk 0 response मङ्लबार, पुस ३, २०७५
गएको साउन १० गते साथीको घर गएकी निर्मला नफर्किएपछि खोजी तीब्र पारिएको थियो । उनको शव साउन ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
