-
काठमाडौं,२४ मंसिर -आइतबारबाट सुरु भएको अन्तर प्रदेश परिषदको बैठक आज सकिएको छ । बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन भएको बताइएको छ ।
कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा।युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहेका छन् ।उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनपर्ने छ ।
बैठकमा सबै मुख्यमन्त्री र सचिवहरुले आफ्ना भोगाइ र काम गर्दा उत्पन्न भएकासमस्याहरु स्पष्टसँग राखेका थिए ।
News Desk 0 response सोमवार, मंसिर २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
