-
काठमाडौँ, २४ मङ्सिर-तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले अविजित ४३ रन, सागर पुनले ३९, नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए।
बलिङतर्फ चितवनका लागि साहव आलमले दुई, ललितसिंह भण्डारीले र पल स्टर्लिङले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो।
चितवनका लागि दीपेन्द्र सिंह ऐरीले ४५ रन जोडे भने पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५, पृथु बाँस्कोटाले अविजित २० तथा भीम सार्कीले ७ रन बनाए। बलिङतर्फ काठमाडौँका लागि सम्शाद सेख र प्रदीप साहुले तीन–तीन तथा सागर पुन, अमरसिंह राउटेला र केभिन ओ व्रायनले एक–एक विकेट लिए।
अहिले अर्को खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ।
News Desk 0 response सोमवार, मंसिर २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
