• काठमाडौं,२४ मंसिर –नेपालमा चीनिया रेल भित्र्याउने चर्चा चलेकाे धेरै भए पनि यसकाे विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) माेडालिटीबारे टुंगाे लाग्न सकेकाे छैन । साेही विषयमा केन्द्रित विस्तृत छलफलका लागि चीनिया उच्च स्तरीय  टोली नेपाल आएको छ ।

    चीन र नेपालका सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ रेल मामिलाका सह-प्रशासकसहितकाे १४ सदस्यीय टोली नेपाल आएको हो । दुर्इ देशका सचिवस्तरीय बैठक अाज काठमाडाैँ हुँदै छ ।  बैठकमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआरकाे मोडालिटीमाथि गहन छलफल हुने जनाइएकाे छ ।

    ३ महिनाअघि नै रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ भने डीपीअारकाे टुंगाे लगाउनेबारे उति छलफल भएकाे छैन । साेही विषयमा केन्द्रित छलफलका लागि चीनियाँ टोली आइतबार काठमाडाैँ अाइपुगेकाे हाे ।

    २ खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने बताइएकाे केरुङ-काठमाडौं रेलमार्ग कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएकाे थियाे ।