• काठमाडौं, २३ मंसिर – काठमाडौंको टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको ज्यान गएको छ ।

    बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । चालकले जाँडरक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।