-
काठमाडौँ, १८ मङ्सिर- राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणमा भइरहेको कामको स्थलगत अवलोकन गरेको छ ।
समितिका सभापति दिलकुमारी रावलको नेतृत्वमा भएको अवलोकनमा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायत समितिका सदस्यको सहभागिता थियो ।
अवलोकनसँगै सुन्दरीजलमै समितिले मेलम्ची खानेपानी विकास समितिसँग अन्तरक्रियासमेत गरेको छ । सो अवसरमा सभापति रावलले आयोजनाको काम निष्कर्षमा नपुगेसम्म निरन्तर रुपमा समितिले पछ्याइरहने बताए।
मेलम्चीको पानी राजधानी आउने मिति पटकपटक सरेकाले समितिले सरोकार भएका सबै निकायलाई एकै ठाउँमा राखेर बैठक गर्ने उनले जानकारी दिए।
नेकपा संसदीय दलका नेता शर्माले बालाजु आवास क्षेत्रमा १४ वर्षदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने पानी नआएको बताउँदै आयोजनाको समयावधि बढाएर धेरै पैसा कमाउने खेलमा केही लागेकाले पानी समयमै आउने वातावरण नबनेको धारणा व्यक्त गरे।
काङ्ग्रेस संसदीय दलका नेता पाण्डेले मेलम्ची आयोजनाका अधिकारीको प्रस्तुति हेर्दा छिटोमा पानी आए अझै एक वर्ष लाग्ने देखिएको छ भने।
मेलम्ची आयोजनाका बारेमा पहिलोपटक छलफल गर्न बोलाइएको बैठकमा खानेपानीमन्त्री विना मगर अनुपस्थित रहेका उनले गुनासो गरे।
सांसद धना खतिवडाले पानी आउने मितिका बारेमा कर्मचारीले झूटको खेती गरेको आरोप लगाए। सांसद खिमलाल भट्टराईले उपत्यकावासीको धारामा कहिले पानी झर्छ भनी प्रश्न गर्नुभयो । सांसद रामप्रीत पासवानले मेलम्चीको पानी राजधानीमा आउने मिति रबरझै तन्किएको गुनासो पोखे।
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले एक हजार ७०० मिटरमात्र सुरुङ ढलान गर्न बाँकी रहेकाले अबको दुई महीनामा ढलानको काम सक्ने प्रतिबद्धता व्यक्त गरे।
गत असोज ११ गते बसेको समितिको बैठकमा मेलम्ची आयोजनाका बारेमा छलफल गरिएको थियो भने असोज १४ गते आयोजनाको मुहान क्षेत्र अम्बाथानको समितिले स्थलगत अध्ययन भ्रमण गरेको थियो । त्यसबेला आयोजनाका अधिकारीले दुई महीनामा पानी सुन्दरीजलमा झार्ने वाचा गरेपनि पूरा नभएको भन्दै सांसदहरुले पानी ल्याउन सकिने मितिमात्र घोषणा गर्न माग गरेका थियो ।
सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई परीक्षण सम्पन्न भइसकेको छ । अर्को आठ करोड ५० लिटर प्रशोधन केन्द्र आगामी चैतमा निर्माण सक्ने आयोजनाको लक्ष्य छ । यो प्रशोधन केन्द्रमा प्रशोधित हुन पानी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड बमोजिमको हुने आयोजनाले जनाएको छ ।
News Desk 0 response मङ्लबार, मंसिर १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
