-
कञ्चनपुर, १५ मंसिर-कञ्चनपुरको पुर्नबासमा १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन् । पुर्नबास नगरपालिका–१० का ६९ वर्षीय ओम प्रकाश पौडेललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंसिर ११ गते मंगलबार स्कुलबाट घर फर्किरहेको समय बालिकालाई बलात्कार गरेको भनी परिवारले प्रहरीमा उजुरी गरेका थिए ।
उजुरीका आधारमा आरोपी पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर वमले जानकारी दिए ।
प्रहरीलाई परिवारले दिएको जानकारी अनुसार स्कुलबाट फर्किँदै गर्दा ती वृद्धले ललाई फकाई बाटोमा रहेको पसलमा बलात्कार गरेका हुन् । पसलको पछाडि रहेको सानो कोठामा लगेर बालिकाको कपडा खोलेर बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ ।
‘बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरी निरीक्षक वमले भने, ‘रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि थाहा हुन्छ ।’ प्रहरीले हिरासतमा रहेका पौडेलमाथि शुक्रबार नै जिल्ला अदालतबाट १५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।
News Desk 0 response शनिबार, मंसिर १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
