• काठमाडौं,१४ मंसिर-अफगानिस्तानको काबुलमा तालिवानले गरेको आक्रमणमा परी ११ जना नेपाली घाइते भएका छन ।

    घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको बीबीसीले जनाएको छ । बीबीसीले घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बताएको छ ।

    जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन ।आक्रमणको जिम्मा तालिवानले लिएको छ ।