-
काठमाडौ,१० मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् ।
सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई सोमवार सिंहदरबारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
‘विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ’ प्रधानमन्त्रीओलीले भने ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’
प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको बताएका छन् ।
‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ ।”प्रधानमन्त्री ओलीले भने ‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धान मुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ । ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्तिव्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले भने ‘डाक्टर कति चाहिने, इन्जिनियर कति,शिक्षक कति,कृषिमा कतिजनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामीदिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ । ”
समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग,मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिए । “अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ,“प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”
सरकारले विभिन्न क्षेत्रमा के कतिजनशक्तिआवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा।माधवदाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववाला थापा,डा.विजयदत्त,डा. ध्रुवगौतम र डा।राजेश अहिराज छन् ।
कार्यदलको निर्देशक समितिमा शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ।
News Desk 0 response सोमवार, मंसिर १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
