• काठमाडौं, मंसिर ९ -अाइतबार बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ।शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।