-
काठमाडौँ, ५ मङ्सिर-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ। तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ। भोलि दुई खेल हुनेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ। तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन्।
दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ। तीनै टोलीको समान ६ अङ्क भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ।
विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालिकाको क्रमशः चौंथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन्।
दुबै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालिकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालिकाको क्रमशः नवौँ र १० औँ स्थानमा छ।
फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेड ब्बाइज दुबै खेल गुमाउँदै अङ्कविहीन बनेको छ। उनीहरू तालिकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन्।
लिगमा विभिन्न १४ टोली सहभागी छन्। राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउनेछन्।
तेस्रो हुन टोलीले २५ लाख, चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन्। फेयर प्ले टोलीले एक लाख पाउने छ।
प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार पुरस्कार दिनेछ। लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन्।
News Desk 0 response बुधबार, मंसिर ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
