-
बेत्रावती, ४ मङ्सिर-नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन् ।
सङ्घको पहलमा रु ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन् । क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चासो देखाएको छैन । एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए। एक वर्षअघि सङ्घले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो ।
“रु आठ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,” नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गीता अमात्यले भने। सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो । गगङ्टेदेखि बट्टार, विदुर, ढुङ्गे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर क्षेत्रको मुख्य सडकमा जडान गरिएका क्यामराको सहयोगमा सदरमुकामसहित बजारक्षेत्रमा शान्ति, सुरक्षा कायम गराउन तथा चोरी र अपराधका घटना कम गर्न सहयोग पुगेको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
