-
बाँके, २८ कात्तिक- नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ महिना अघि मात्र निर्माण कार्यले गति लिएको हो । आयोजनाका परामर्शदाता प्रकाशराज शिवाकोटीले फोहर जोख्ने उपकरण राख्ने स्थान, गिट्टी भर्ने, विद्युतीकरणलगायत काम बाँकी छ ।
“यी सबै काम दुई महिनाभित्र गरी सक्नुपर्छ”, उनले भने। मुख्य पूर्वाधार निर्माणका काम सकिएको छ । हाल फोहर भण्डारण गर्ने चार सेलमा गिट्टी भर्ने काम भइरहेको छ । उपकरण आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको शिवाकोटीले बताए। निर्माणको जिम्मा पाएको ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ले अबको दुई महिनाभित्र सक्ने गरी काम गरिरहेको छ ।
विसं २०७३ भदौमा शुरु भएको सो आयोजना २०७४ माघसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ । ल्याण्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
नेपालगञ्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्न सकिनेछ । बाँकी फोहर व्यवस्थापनको उपाय खोजिनेछ । फोहर विसर्जन गर्ने स्थान नहुँदा उपमहानगरपालिकाले जहाँ खाली ठाउँ पायो त्यहीँ फाल्ने गरेको छ ।
एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल रु ३३ करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको हो । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए यहाँको फोहरमैला व्यवस्थापन गर्न सहज हुने नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनीयर प्रकाश डिसीले बताए।
News Desk 0 response बुधबार, कार्तिक २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
