-
काठमाडौं, २७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उनले भनेका छन्, “एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतामा वृद्धि गरेको छ । छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।”
प्रधानमन्त्रीले छठ पर्वबाट हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटामा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरे। प्रधानमन्त्रीलेसमृद्धि र विकासका लागि शुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइलाई गोलबद्ध हुन आग्रह पनि गरेका छन्।
“पृथ्वीमा उर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ”, शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले आफूले नेतृत्व सम्हालेदेखि नै मुलुकलाई गरिबीको दुश्चक्रबाट मुक्त गर्न सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। अबको चार वर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंँडाउने सङ्कल्प प्रधानमन्त्रीले दोहो¥याउनुभएको छ ।
“मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अल्झिनुपर्ने कुनै पनि मुद्दा र विषय बाँकी छ्रैन् । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “मुलुकलाई समृद्ध बनाउने अभियानमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
