-
काठमाडौं,१९ कार्तिक-तिहारको पहिलो दिन आज काग तिहार मनाइएको छ । यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५ औँ काग सम्मेलन गरेका छन् ।
१५ बर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसबर्ष पनि कागलाई बोलाएर काग तिहार मनाएका हुन् । बिहान ६ः३० मा भएको कार्यक्रममा दुईसय बढी कागलाई दुलालले बोलाएका थिए ।
उनका अनुसार कागको भाषा बोलेर कागलाई आफुतिर बोलाउनु पर्छ ।‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । संगीतकर्मी संघको आयोजनामा भएको काग सम्मेलनमा संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले पनि काग तिहारको शुभकामनासहित दुलालको प्रसंशा गरे ।
News Desk 0 response सोमवार, कार्तिक १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
