• काठमाडौं,१९ कार्तिक -वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौंको आजको न्यूतम तापक्रम ८ दशमलव ६ डिग्री झरेको छ।

    तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनले चिसो क्रमिक रुपमा बढ्दै गईरहेको बताए। तापक्रम घटेपछि उपत्यकामा विहान र बेलुका बढी चिसो महसुश गरिएको छ।

    दिउँसो घाम लागे पनि विहान बेलुका चिसो हुने गरेको उनले बताए। लामो समयसम्म पानी नगरेकाले धुलोका कारण वायुमण्डल प्रदुषित भएको मौसमविद अर्यालको भनाई छ। अझै केही दिन पानी नपर्ने बताइएको छ।