-
काठमाडौं,१९ कार्तिक-नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार आजदेखि शुरु भएको छ।
तिहारलाई दीपावली वा यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कात्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ । यिनै पाँचदिनलाई तिहार या यमपञ्चक भनिन्छ ।
यमपञ्चकको पहिलो दिन यमदीपदान गरी कागतिहार मनाइन्छ । कागलाई यमराजको सन्देशबाहक दूत मानिन्छ ।
गृहस्थले यसदिन कागको सम्मान सत्कार गरी पर्खाल तथा कौसीमा हरियो दुनाटपरीमा सयपत्रीको फूल राखी खान दिई यमदूतको रुपमा पूजाआजा गर्छन् । नेवारी समुदायमा यस दिनलाई कोपूजा भन्ने चलन छ ।
कागतिहारदेखि घरमा दीपमालिका गरी गाउँबस्ती झकिझकाउ पार्ने चलन छ ।
वैदिककालमा भगवान विष्णुले बलीराजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यभोग गर्न पाउने वरदान दिएका थिए भन्ने शास्त्रीय कथन छ ।
यसको खुशियालीमा बलिराजाले राज्यभरि पाँचै दिन दीपमालिका गरी झकिझकाउ पारेका थिए ।
यसो गर्नाले धनकी अधिष्ठात्री देवी महालक्ष्मी प्रशन्न भइ घरघरमा धनधान्यले भरिपूर्ण पारिदिन्छिन् भन्ने भगवान विष्णु वरदान रहेकाले सोहीअनुसार धनदौलत आर्जन क्षेत्रमा काम गर्नेहरुले तिहारका बेला महालक्ष्मीको निष्ठापूर्वक पूजाआजा गर्दछन्।
News Desk 0 response सोमवार, कार्तिक १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
