-
पोखरा,१८ कार्तिक- चितवन पोखरा प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खराव सुरुवात गरेको काठमाडांैले १५ रनमा पहिलो विकेट गुमायो ।
उसका ओपनर अमित श्रेष्ठ मात्र नौ रनमा आउट भए । चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो । पवन सराफले खाता खोल्न सकेनन भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए , त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।
त्यसपछि काठमाडौंका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला ब्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको काठमाडौ स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो ।
बलिङ तर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मिथ पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए । जवाफमा चितवनले १८ ओभर दुई बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । तर उसको सुरुवात भने राम्रो हुन सकेन ।
दुई रनमा पहिलो विकेट गुमाएको चितवनले ३१ रनमा तीन विकेट खेर फाल्यो । ओपनर अनिल शाह एक रनमा आउट भए भने कप्तान पारस खड्का दुई रनमा पेभेलियन फर्किए ।
त्यसपछि हरिशंकर शाह पनि २६ रनमा आउट भएपछि चितवनले सुरुवातमा नै तीन विकेट लिए । तर चौथो विकेटका लागि स्मिथ पटेल र आरिफ शेखले ५७ रनको साझेदारी गरे ।
जसमा स्मिथले ३८ रनको योगदान गरे भने आरिफ शेखले २० रन बनाए । प्रतियोगितामा लगातार दुई खेल हारेर पनि चितवन फाइनलमा पुग्न सफल भयो । यता काठमाडौं भने सुरुवात राम्रो गरेपनि मुख्य मुख्य खेलमा पनि चुक्न पुग्यो ।
News Desk 0 response आइतवार, कार्तिक १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
