• भक्तपुर, १८ कात्तिक-मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन्।

    घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन्।

    घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए। बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ।