• काठमाडौं,१६ कार्तिक – नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रुपैंयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई आज शुक्रबार पक्राउ गरेको छ ।

    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं।को यात्रुावाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले चेक जाँच गर्दा फेला परेको हो ।

    प्रहरी श्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो । सोही सुचनाका आधारमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको हो ।

    सो सुन काठमाडौंबाट भारत पुर्याउने योजना रहेको प्रहरीको दाबी छ ।

    शरिरमा लुकाई छिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ ।