-
पोखरा,१६ कार्तिक-एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखरा पल्टनलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा दिपेन्द्र सिंह ऐरीको धनगढीले शरद भेषवाकरको पोखरालाई २ विकेटले हराएको हो । पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।
धनगढीका लागि पिटर टेग्रोले ५३ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै सुबेन्धु पाण्डेले २२ रन बनाए ।
पोखराका राशिद खानले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ललित राजवंशी र बिक्रम भुसालले २र२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । खराब सुरुवात गरेको पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन जोड्दा रबि इन्दर सिंह २८ रन जोडे ।
यस्तै आसिफ शेखले २३, कप्तान शरद भेषवाकरले १४ तथा मोहमद नाभिदले ११ रन जोडे । पोखराका राशिद खान १५ रनमा अविजित रहदा बिक्रम भुसाल ११ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा रोक्न कमल सिंह ऐरीले १ मेडनसहित ४ विकेट लिए । उनले मात्र २३ रन खर्च गरे।
News Desk 0 response शुक्रबार, कार्तिक १६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
