• काठमाडौं, १६ कात्तिक- नेपाल र थाइल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । शुक्रबार थाइल्यान्डमा भएको नेपाल र थाइ सरकारबीचको द्विपक्षीय हवाई सेवा सम्झौतामा दुबै मुलुकले सातामा १८ वटा उडान थप गर्ने पाउने गरी नयाँ सम्झौता भएको हो।

    हाल नेपाल र थाइबीच सातामा १० वटा मात्रै उडान गर्न पाउने सम्झौता छ । यसलाई थप गरेर अब सातामै १८ वटा थप गरेर २८ वटासम्म उडान दुबै मुलुकले अर्को देशका विमास्थलमा गर्न पाउने गरी सम्झौता गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले शुक्रबार बिहान थाइल्यान्डबाट जानकारी दिए ।

    यो सम्झौता पनि अब दुबै मुलुकले दैनिक ४ वटासम्म हवाई उडान गर्न सक्छन्। यो हवाई सेवा सम्झौतामा दुबै मुलुकले पाँचौ ट्राफिक स्वतान्त्रताको अधिकार (फिफ्थ फ्रिडम)को अधिकार पाउने गरी सम्झौता भएको छ ।

    नेपालमा यात्रु ओरालेर र अर्को मलुकको थप गरेर जान पाउने छ । नेपाललले थाइल्याण्डलाई भारतको दिल्ली बाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्व एसियाली र मध्यपूर्वका मलुकका २ वटा मध्यस्थ विन्दूको रुपमा उडान गर्न पाउँछ ।

    भारतमा भने नयाँदिल्ली बाहेककाके २ वटा गन्तव्यमा नेपाललाई मध्यस्थ विन्दू मानेर यो अधिकार प्रयोग गर्दै उडान गर्न पाउँछ । निकायका महानिर्देशक चुला सुकमानोपले हस्ताक्षर गरेको पनि पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार यसअघि थाइल्यान्डसँग सन् १९७१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । त्यतिबेला दैनिक एक उडानको सम्झौता थियो ।

    सन् २००४ मा सम्झौता पुनरावलोकन गरेर दुबै मुलुकका वायुसेवा कम्पनीले एक–अर्को मुलुकमा साताको मात्र १० वटा उडान गर्न पाउँछने व्यस्था गरियो ।

    अहिले थाइल्यान्डका दुई वायुसेवा कम्पनी थाइ एयरवेज र थाइलाइन एयरले नेपालमा नियमित उडान गरिरहेका छन ।