-
बैतडी, ९ असोज-भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ।उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए।
उनले भने, “बिहान ८ बजेदेखि बाँध खोल्ने भन्ने जानकारी आएको छ, त्यहाँको पानी सदरमुकाम पुग्न तीन घण्टा लाग्छ।” यस वर्षमात्रै परियोजनाको बाँध छैटौँ पटकसम्म खोलिएको हो।
परियोजनाले पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बेलाबेलामा बाँध खुला गर्दै आएको छ। बाँधको पानी खोल्दा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
बाँधबाट बढी मात्रामा पानी खोल्दा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ। दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउ नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
दुईसय असी मेगावाट विद्युत् क्षमताको उक्त परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गरेकाले नेपालतर्फ पनि सतर्कता अपनाउन सजिलो भएको हो। वि.सं. २०७० मा उक्त बाँध खोल्दा दार्चुला सरमुकाममा अर्बौको धनमाल क्षति भएको थियो।
News Desk 0 response मङ्लबार, अशोज ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
