• जनकपुर-धनुषाकी २० वर्षिय महिलाको भारतको मधुवनीमा हत्या भएको छ । धनुषाको विदेह नगरपालिका–९ वैदेही गाउँ निवासी राजकुमार झाको छोरी कृतिलाई भारतको मधुवनी जिल्ला रहिका गाउँस्थित घरमा श्रीमान र सासु हत्या गरेको अवस्थामा उनको शब फेला परेको छ ।

    दूई वर्ष अघि तीन लाख दाइजो लिएर विहे भएका कृतिकाका श्रीमानले दाइजो थोरै भएको भन्दै थप दाईजो माग्दै आएका थिए।

    आइतबार बिहान कृतिको शव गाउँकै पोखरी छेऊमा देखेपछि स्थानीयहरूले रहिका थानामा प्रहरीलाई खबर गरेका थिए ।

    मृतकका श्रीमान रंन्धीर मिश्राले शवलाई आफ्नो जिम्मामा लिएर जलाउने प्रयास गरेपनि माईतबाट कृतिका दाई राजीव कुमार झा र उनका नातेदारहरू समयमै घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएर परिक्षणका लागि सदर अस्पताल मधुवनी पठाएपछि हत्या गरेको सार्वजनिक भएको थियो । शवको पोष्टमार्टम रिपोटमा घाँटी थिचेर मारिएको उल्लेख छ ।