-
दार्चुला, २८ भदौ-सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५\०५६ सालअघि मात्रै विदेशी नागरिक अपि हिमाल आरोहणको लागि आउने गरेका थिए । पछिल्लो समय अपि नाम्पा संरक्षण क्षेत्र गठन भएपछि विदेशी नागरिक अपि हिमाल क्षेत्रमा घुम्न तथा जङ्गली जनावरको अध्ययन अनुसन्धानका लागि मात्रै आउने गरेकोमा यस पटक आरोहणको अनुमति लिएर विदेशी टोली दार्चुला पुगेको हो ।
सात हजार १३२ मिटर उचाइमा रहेको अपि हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ । आरोहण टोलीको पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुविर तामाङले नेतृत्व गर्दै लगेका छन् । पर्यटन विभागले उक्त टोलीलाई ६० दिनको म्याद दिएको छ ।
आरोही दलको टोली दार्चुलाको नौगाड गाउँपालिकाको सिप्टी हुँदै अपि हिमालको लागि प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिए ।
टोलीलाई दार्चुला सदरमुकाम खङ्गामा स्वागत गर्दै आरोहणको लागि पठाइएको छ ।लामो समयसम्म आरोहण हुन नसकेको अपि हिमालमा विभागले उत्तर पश्चिमको मार्ग भएर आरोहणको अनुमति दिएको विभागद्वारा जारी गरिएको अनुमतिमा उल्लेख गरिएको छ ।
यसअघि अपि हिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको अभिलेख भेटिन्छ । अहिलेको अपिहिमाल आरोही टिमले काठमाडौँ, बैतडी, चमेलिया नदी हुँदै घुसा बेस क्याम्पबाट हिमाल चढ्ने गरी अनुमति लिएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्रभित्र सात हजार १३२ मिटर उचाइको अपि हिमाल, छ हजार ७५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, छ हजार ८५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाललगायतका उच्च हिमशृङ्खला रहेका छन् । हजारौँ पर्यटक घुम्न आउने सम्भावना बोकेका पर्यटकीय क्षेत्र प्रचारप्रसार,उपयुक्त मार्ग, आवश्यक भौतिक पूर्वाधार अभावलगायतका कारण विदेशी पर्यटक पर्याप्त आउन नसकेको जानकार बताउँछन् ।
गत तीन वर्षको अवधिमा करीब १०० विदेशी पर्यटकले अपि नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरेका छन् । यहाँ पर्यटकको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरिपूर्ण भए पनि यातायातको असुविधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभावलगायत कारणले पर्यटक अपि नाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् ।
जिल्लाकै एकमात्र गोकुलेश्वर विमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनसके पर्यटकको लागि अपि हिमाल र अपि नाम्पा संरक्षण क्षेत्र उचित गन्तव्य बन्न सक्ने पर्यटन कार्य समूहका अध्यक्ष सुरेन्द्रबहादुर पालको भनाइ छ ।
News Desk 0 response बिहिबार, भदौ २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
