• काठमाडौ-भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी मनाइँदैछ । पशुपतिमा महिलाहरुको भीड लागेको छ ।

    पशुपति मन्दिरमा बिहानैदेखि महिलाहरु पूजाआजामा व्यस्त छन् । हरितालिका तीजका दिन पशुपतिनाथ दर्शनका लागि विशेष व्यवस्था मिलाइएको छ । भक्तजनलाई लाइनमा बसी दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

    जुन प्रवेश मार्गबाट प्रवेश गरेको हो त्यहीबाट बाहिर आउने व्यवस्था मिलाइएको छ । वृद्ध अशक्तहरूलाई सुरक्षाकर्मीद्वारा सहज दर्शनको व्यवस्था गरिएको बताइएको छ । सुरक्षाको दृष्टिगत गरी ठाउँठाउँमा सीसी क्यामेरा राखिएका छन् ।

    सवारी पार्किङका लागी तिलगंगा, गौशाला प्रभाग, कोषको कार्यालय, अमालकोट, सिफलचौरमा तोकिएका छन् । तिलगंगा र सिफल सबै दर्शनार्थीका लागि पार्किङ स्थल भए पनि अन्य स्थानमा भने पासवाला सवारीलाई मात्र पार्किङ गर्न दिइने महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न लागेका महिला भक्तजनको भीड ।
    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न लामबद्ध महिला भक्तजन ।
    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै ।

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्दै महिला भक्तजन ।