• काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन्।

    राष्ट्रपति भण्डारीको सन्देशमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भन्दै शुभकामना व्यक्त गरेकी हुन्।

    नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरिन्।

    चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उनको शुभकामनामा उल्लेख छ ।