• ढाका-बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (आज) माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

    नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३ बजेर ४५ बजे सुरु हुनेछ ।

    सेमिफाइनलमा माल्दिभ्सविरुद्ध मैदान उत्रदै गर्दा नेपाल इतिहास रच्ने योजनामा हुनेछ । नेपाल माल्दिभ्सविरुद्धको खेल जित्दै पहिलोपटक साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । चार पटक सेमिफाइनल पुगेपनि नेपालले फाइनल यात्रा तय गर्न सकेको छैन ।

    समूह चरणको प्रदर्शन हेर्दा खेल नेपालले सहजै जित्ने अनुमान गरिएको छ । नेपाल समूह ए बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, माल्दिभ्सले समूह बि को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

    तर, माल्दिभ्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ । नेपालले साफमा हराउन नसकेको राष्ट्र हो माल्दिभ्स ।